काठमाडौं । राष्ट्रियसभामा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेश भएको छ ।
आइतबारको बैठकमा सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले विधेयक पेश गरेका हुन् ।
मन्त्री चौरसियाले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस’ भन्ने प्रस्ताव राष्ट्रिय सभा समक्ष प्रस्तुत गरे ।
यसअघि नै प्रतिनिधि सभाबाट भने विधेयक पारित भइसकेको छ । अहिले विधेयकमाथि सांसदहरूले आफ्ना धारणा राख्ने क्रम जारी रहेको छ ।













