काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै राणा भारत प्रस्थान गरेकी हुन् । उनले पाँच दिन भारत भ्रमणमा बिताउने छिन ।
भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा राणा भारत भ्रमणमा गएकी बताइएको छ । भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गने बताइएको छ । दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको हो ।
परराष्ट्रमन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको मन्त्रालयले उल्लेख गरेको छ ।













