सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका- ५ थामेमा हिमताल फुटेर लेदोसहितको बाढी आएको पुष्टि भएको छ ।
शुक्रबार थामेमा हिमताल फुटेका कारण लेदोसहितको बाढी आएको पुष्टि भएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार थामे गाउँभन्दा माथिको खुम्बु क्षेत्रका दुई वटा ताल फुट्दा थामे खोलामा बाढी आएको हो ।
थामे खोलामा हिजो लेदोसहितको बाढी एक्कासि उर्लेर आउँदा वरपरका घर, विद्यालय र स्वास्थ्य चौकीमा क्षति पुर्याएको छ ।
बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्य चौकी गरी २० घरमा क्षति पुगेको छ ।






















