कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज (बुधबार) प्रदेश सभामा विश्वासको मत लिने भएका छन् ।
आज दिउँसो ३ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ । साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका शाह नेतृत्वको सरकारमा एमाले र नागरिक उन्मुक्ति पार्टी साझेदारका रुपमा रहेका छन् । ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका ७ सांसद छन् ।
सरकारमा बहुमतका लागि २७ सांसद आवश्यक पर्ने सुदूरपश्चिममा एमाले र कांग्रेसकै सांसद उक्त सङ्ख्याले पनि बहुमत पुग्छ । त्यसै नागरिक उन्मुक्तिको मत थपिँदा दुई तिहाइ नजिक पुग्छ । तर लामो समयदेखि आन्तरिक किचलोमा अल्झिएको नागरिक उन्मुक्तिका सांसदहरुले एक ढिक्का भएर मत दिनेमा पनि यकिन भइसकेको छैन् ।













