९ लाख मूल्य बराबरको अवैध भन्सारी छलीको समान बरामद 

तस्बिर : जिल्ला प्रहरी कार्यालय कैलाली

कैलाली । कैलालीका विभिन्न स्थानबाट प्रहरीले ९ लाख बराबरको भन्सार छलीका सामान बरामद गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका-१७ पटेला विभिन्न स्थानहरूमा रहेका भारतीय नाकाहरूबाट भन्सार छली गरी ल्याएको ९ लाख ५ सय ८० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बरामद गरिएका सामानमा सुट, भाइरल सारी, विभिन्न ब्रान्डका सारी, राधे राधे गम्छा, चेक गम्छा, कुर्ती, धोती, मोबाइलका विभिन्न पार्टपुर्जाहरू, मोबाइल मर्मत गर्ने मेसिन, घडी, टर्च लाइट, पावर बैङ्क, पेटीकोट र साइकल वेवारिसे अवस्थामा फेला पारेको हो ।

मङ्गलबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिगएको संयुक्त प्रहरी टोलीले उक्त ठूलो परिणामको सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको उक्त सामान आवश्यक कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाएको प्रहरीको भनाइ छ ।