काठमाडौं । मङ्गलबार सुनको मूल्यले रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रति तोला सुनको मूल्य १ लाख ५० हजार ८ सय रुपैयाँ पुगेको हो ।
यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि सुनको मूल्य १ लाख ५० हजार रुपैयाँ सम्म कायम भएको थियो ।
सोमबार तोलामा १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको सुनको मूल्य एकै दिन २ हजार १ सय रुपैयाँ बढेर रेकर्ड कायम भएको हो ।













