कक्षा १२ को परीक्षा आजबाट सञ्चालन

सुखड । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष १२ कक्षा को परीक्षा आज बाट सुरू गरेको छ । देशभर एकैसाथ सुरु भएकाे परीक्षाको सम्पूर्ण तयारी हिजो नै भइसकेको बोर्डले जानकारी दिएको छ ।

साेमबार बिहान ८ बजेदेखि सुरु भएकाे परीक्षा जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । ३ घण्टा समयावधिकाे बोर्ड परीक्षामा देशभरबाट करिब ४ लाख १० हजार ५० परीक्षार्थी सहभागी हुँदै छन् । देशभर १ हजार २ सय ९२ केन्द्रमा परीक्षा सञ्चालन हुने बोर्डले बताएको छ ।

बोर्डका अनुसार ७७ जिल्लाकै सबै केन्द्रमा परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइने जनाएको छ । परीक्षा केन्द्रले प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नेछ ।

विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय ( होम सेन्टर ) मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाउने व्यवस्था गरिएको हो । दुई वर्ष अस्तव्यस्त बनेको शिक्षण क्षेत्र यो पटक केही स्थिर देखिएको छ ।

 

Share

Leave a Reply