कैलाली । कैलालीको बर्दगोरियामा आइतबार दिउँसो चट्याङ पर्दा १० जना घाइते भएका छन् ।
बर्दगोरिया गाउँपालिका-१, उत्तरमुडामा भीम बहादुर चौधरीको घरमा मानिसको मृत्यु भई १३ दिने पुण्य तिथिको अवसरमा स्थानीय मानिसहरू घरको अगाडि अमट्टाको रूख मुनि खाना पकाई रहेका थिए । उक्त अमट्टाको रूखमुनि टेन्ट हालेर खाना पकाउने बेला आइतबार दिउँसो करिब ३ः१० बजेतिर उक्त रुखमा चट्याङ पर्दा १० जना व्यक्तिहरू घाईते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
चट्याङमा परी घाइते हुनेमा बर्दगोरिया गाउँपालिका-१, उत्तरमुडाका ५० वर्षीया फिरिया देवी चौधरी सोही ठाउँकी ३५ वर्ष कि रिता देवी चौधरी, वर्ष ३२ कि माया चौधरी, ४५ वर्षीया कमलापति चौधरी, वर्ष ३२ कि किरन चौधरी, वर्ष ३८ कि उर्मिला डगौरा, ४० वर्षीया पार्वती चौधरी, वर्ष ५० कि फुल कुमारी चौधरी र ३५ वर्षीया निर्मला देवी थारूका साथै जिल्लाकै घोडाघोडी नगरपालिका-३, ढुसर कि ३० वर्षीया ममता थारू रहेकी छन् ।
घाइते १० जनाको नै बर्दगोरिया अस्पताल प्रा.लि. बौनियामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता तथा प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले जानकारी दिए ।












