कैलाली । कैलालीको धनगढीमा शनिबार राती एक थान भरुवा कन्दुक प्रहरीले बरामद गरेको छ ।
शनिबार राती साढे आठ बजेतिर धनगढी उपमहानगरपालिका-१८ तुल्सीबारीमा स्थित इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी टोलीले तुल्सीबारीबाट पुर्व तर्फ जाँदै गरेको साइकलमा सुकेको खर बोकी लैजाँदै गरेको साइकल यात्रीलाई शङ्का लागि रोकी चेकजाँच गर्न खोज्दा उक्त अपरिचत व्यक्ति साइकल छोडेर भागेको थियो । साइकल चेकजाँच गर्दा खर भित्र लुकाई राखेको १ नाल खाली भरुवा बन्दुक फेलापारि साइकल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
साथै उक्त फरार रहेको व्यक्तिको खोजतलास भइरहेको प्रहरीको भनाई छ ।












