शिक्षक सेवा आयोगले गर्यो माध्यमिक तह अध्‍यापन अनुमतिपत्रको विज्ञापन(पाठ्यक्रम सहित)

काठमाडौं ।  शिक्षक सेवा आयोगले माध्यमिक तह अध्‍यापन अनुमतिपत्रको लागि विज्ञापन आव्हान गरेको छ । आयोगले आज शनिबार आफ्नो वेबसाइट मार्फत माध्यमिक तह अध्‍यापन अनुमतिपत्रका लागि विज्ञापन आव्हान गरेको हो । आगामी भाद्र २३ गते सम्म फारम भर्न सकिने तथा दोब्बर दस्तुरमा भाद्र ३० गते सम्म पनि फारम भर्न सकिने जनाएको छ ।

आयोगले अनलाइन मार्फत फारम भर्नू पर्ने एवं दस्तुर समेत अनलाइन भुक्तानी गर्ने पर्ने  विज्ञापनमा उल्लेख गरेकाे छ । १८ वर्ष उमेर पुरा भएका नेपाली नागरिकले फारम भर्न सक्ने छन् भने आगामी कार्तिक १० गते परीक्षा सञ्चालन हुने छ ।

शिक्षाशात्र, व्यवस्थपन, विज्ञानका साथै मानविक संकायका मुल विषय अङग्रेजी र गणित लिइ स्नातक तह उतिर्णले फारम भर्न सकिने जनाएकाे छ । 

शिक्षक सेवा आयोगको वेबसाइटमा गई फारम भर्न तल दिइएको लिङ्कमा क्लिकमा गर्नुहोस् । 

https://license.tsc.gov.np/

माध्यमिक तह अध्यापन अनुमतिपत्रकाे विज्ञापन

माध्यमिक तह अध्यापन अनुमतिपत्रकाे पाठ्यक्रम

 

Share