पेरिस ओलम्पिक : पुरुष फुटबलको स्वर्ण स्पेनलाई, घरेलु टोली फ्रान्सको फराकिलो हार

तस्बिर : एजेन्सी

एजेन्सी । पेरिस ओलम्पिकको पुरुष फुटबलको स्वर्ण पदकका लागि भएको खेलमा बलियो भरेलु टोली फ्रान्स स्पेनसँग पराजित भएको छ । फाइनलमा फ्रान्स अतिरिक्त समयमा स्पेनसँग ५–३ गोल अन्तरले पराजित हुन पुग्यो ।

स्पेनले पुरुष फुटबलमा सन् १९९२ यता पहिलो स्वर्ण पदक हात पारेको छ । पराजित फ्रान्सले भने हारसँगै रजत पदकमा चित्त बुझाएको छ । अतिरिक्त समयमा स्पेनका लागि सर्जियो कमेलोले दुई गोल गरे ।

खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । उसका एन्जो मिलोटले खेलको ११ औँ मिनेटमा गोल प्रहार गरेका थिए । त्यसको ७ मिनेटपछि लोपेजको गोलमा स्पेनले बराबरी ग¥यो । २५ औँ मिनेटमा लोपेजको गोलमा नै स्पेनले अग्रता बनायो ।

लगत्तै अलेहान्द्रो माइनाले गोल गरेपछि दुई गोलको अग्रता हुँदा ७९ औँ मिनेटमा फ्रान्सका अक्लिओचेले गोल गरे । इन्जुरी समयमा पेनाल्टीमा घरेलु टोलीका लागि माटेटाले गोल गरेपछि खेल बराबरी भएको थियो । निर्धारित समय तीन÷तीन गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा दुई गोल गरेको स्पेनले स्वर्ण जित्न सफल रह्यो । यसअघि स्पेनले इंग्ल्यान्डलाई हराएर युरो कप २०२४ को उपाधि पनि हात पारेको थियो ।

Share