६ जना जुवाडे नगद सहित प्रहरीको फन्दामा 

दार्चुला । दार्चुलाको महाकालीबाट एक लाख नगदसहित ६ जना जुवाडे प्रहरीको फन्दामा परेका छन् ।

जिल्लाको दुहुँ गाउँपालिका-२ घर भई हाल जिल्लाकै महाकाली नगरपालिका-४, खंलगा तिंकरखेडामा ३० वर्षीय जनक बडालले सञ्चालन गरेको बडाल फास्ट फुडको चौथो तल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सञ्चालक बडालसहित ६ जनालाई नगद १ लाख २४ हजार ८ सय ८० र २ गड्डी ताससहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।

Share