गुरही पर्वको अवसरमा कैलालीका विभिन्न पालिकाले दियो सार्वजनिक बिदा

फाइल फाेटाे

कैलाली । थारू समुदायको गुरही पर्वको अवसरमा कैलाली जिल्लाका विभिन्न पालिकाले सार्वजनिक बिदा दिएको छ । गुरही पर्वको अवसरमा विभिन्न पालिकाले साउन २५ गते अर्थात आज शुक्रबार स्थानीय बिदा दिएको हाे ।

कैलालीका धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका, गौरीगङ्गा नगरपालिका, जानकी गाउँपालिका, बर्दगोरिया गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका र लम्कीचुहा नगरपालिकाले  साउन २५ गते शुक्रबार स्थानीय बिदा दिएका छन् ।

विशेष गरेर पश्चिम नेपालका थारू समुदायले आज शुक्रबार गुरही पर्व मनाउँदै छन् । हरेक वर्ष नाग पञ्चमीको दिन थारू समुदायले गुहरी पर्व मनाउने गर्दछन् । विशेषगरी पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, सुर्खेत जिल्लाका थारू बस्तीमा औपचारिक कार्यक्रमको आयोजना गरी थारू समुदायले यो पर्व धुमधामका साथ मनाउँदै आएका छन् ।
 

Share