कैलाली । कैलालीको घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयका ४१ जना विद्यार्थीले कक्षा १२ को परीक्षामा ३ जिपिए भन्दा माथि प्राप्त गरेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले साउन १८ गते शुक्रबार प्रकाशित गरेको कक्षा १२ को नतिजामा जिल्लाको घोडाघोडी नगरपालिका-१ सुखडमा अवस्थित घोडाघोडी सामुदायिक माविका ४१ जना परीक्षार्थीले उत्कृष्ट नतिजा हात पारेका हुन् । कक्षा १२ को परीक्षा गत बैशाख १४ गते देखि २४ गतेसम्म सञ्चालन भएको थियो । उक्त परीक्षामा घोडाघोडीबाट ६ सय ५८ जना सहभागि भएका क्याम्पसले जनाएको छ ।
बोर्डले झण्डै ३ महिनापछि प्रकाशित गरेको देशभरकाे नतिजामा ५२.९१ प्रतिशत उत्तीर्ण हुँदा घोडाघोडी सामुदायिक माविबाट ६८.६९ प्रतिशत अर्थात ४ सय ५२ जना विद्यार्थी उत्तीर्ण हुन सफल रहे । जस मध्ये ४१ जनाले ३ तथा ३ भन्दा माथि जिपिए प्राप्त गरेका हुन् । एन जी अर्थात नन ग्रेड प्राप्त गरेका मध्ये अधिकांश विद्यार्थीहरूले मौका परीक्षामा सहभागि हुने अवसर पाएका स्कुलका प्रधानाध्यापक टीका भट्टले जानकारी दिए ।
सबै शिक्षक तथा प्राध्यापकको अथक प्रयास र सम्पूर्ण विद्यार्थीहरूको मिहिनेत र लगनशीलताले विद्यालयले उत्कृष्ट नतिजा हात पार्न सफल रहेको प्रधानाध्यापक भट्टले बताए । ‘हामीले गत वर्षको कक्षा ११ को नतिजाका आधारमा विद्यार्थीहरूको वर्गीकरण गरेर सेक्सन बनाएका थियौँ’, प्रधानाध्यापक भट्टले भने, ‘११ मा राम्रो नतिजा हात पारेका विद्यार्थीलाई एउटामा राखेर अध्यापन गरायौँ, जस अनुसार कमजोर विद्यार्थीहरूलाई परीक्षा केन्द्रित गराएर पढायौँ । बाँकीलाई सबै अध्ययन गरायौँ जसले गर्दा हामीले यो सफलता हासिल गर्न सफल भयौं ।’
आगामी दिनमा पनि वर्षमा ३/४ ओटा आन्तरिक परीक्षा गराउन सक्यो भने विद्यार्थीको कमजोरी पहिचान गरेर अध्यापन गराउन सहज हुने र यसरी अध्यापन गराउँदा शतप्रतिशत नतिजा हात पार्न सकिने प्रधानाध्यापक भट्टको विश्वास छ । त्यसमा आफूहरू लागि परेको हुनाले आगामी दिनमा अझै राम्रो नतिजा हात पार्नेमा उनी विश्वस्त छन् ।
३ तथा ३ भन्दा माथि जिपिए प्राप्त गर्ने विद्यार्थीहरुको सूची :















