युरोपमा गर्मीका कारण वर्षेनी झण्डै दुई लाख जनाको मृतयु हुने गरेको तथ्याङ्क सार्वजनिक

तस्बिर : एजेन्सी

एजेन्सी । युरोपका देशहरुमा गर्मीका कारण बर्षेनी एक लाख ७५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्याङ्क विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सार्वजनिक गरेको छ ।

डब्लुएचओको युरोपेली शाखाले एक प्रतिबेदन सार्वजनिक गर्दै सन् २००० देखि २०१९ को बीचमा हरेक वर्ष गर्मीका कारण भएका ४ लाख ८९ हजार मृत्यु मध्ये युरोपेली क्षेत्रमा ३६ प्रतिशत अर्थात् औसतमा १ लाख ७६ हजार ४० जनाको मृत्यु भएको जानकारी गराएको हो ।

डब्लुएचओकाअनुसार युरोपेली क्षेत्रको तापक्रम विश्वको औसत दरभन्दा झन्डै दोब्बरले बढिरहेको छ । डब्लूएचओको युरोपेली क्षेत्रमा मध्य एसियाका केही देशहरूसहित ५३ देश छन् । डब्लुएचओकाअनुसार युरोपेली क्षेत्रमा गर्मीका कारण हुने मृत्युदरमा पछिल्लो दुई दशकमा ३० प्रतिशतले वृद्धि भएको छ ।

अत्यधिक गर्मीले विशेष गरी वृद्धवृद्धा र गर्भवती महिला मारमा परेका डब्लुएचओका युरोप क्षेत्रीय निर्देशक हान्स क्लुजलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । गर्मीका कारण मुटु, श्वासप्रश्वास, मानसिक स्वास्थ्य र मधुमेहसँग सम्बन्धित रोगलगायत दीर्घकालीन अवस्थालाई बढाउँछ ।

युरोपेली क्षेत्रमा सन् २००७ पछि १० बर्ष अत्यधिक तातो वर्षका रूपमा रेकर्ड भएका छन् । जसमा सन् २०२० यताका मात्रै तीन वटा वर्षछन् । युरोपका देशहरुमा गर्मीका कारण वर्षेनी १ लाख ७५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्याङ्क विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सार्वजनिक गरेको छ ।

डब्लुएचओको युरोपेली शाखाले एक प्रतिबेदन सार्वजनिक गर्दै सन् २००० देखि २०१९ को बीचमा हरेक वर्ष गर्मीका कारण भएका ४ लाख ८९ हजार मृत्यु मध्ये युरोपेली क्षेत्रमा ३६ प्रतिशत अर्थात् औसतमा १ लाख ७६ हजार ४० जनाको मृत्यु भएको जानकारी गराएको हो ।

डब्लुएचओका अनुसार युरोपेली क्षेत्रको तापक्रम विश्वको औसत दरभन्दा झन्डै दोब्बरले बढिरहेको छ । डब्लूएचओको युरोपेली क्षेत्रमा मध्य एसियाका केही देशहरूसहित ५३ देश छन् । डब्लुएचओकाअनुसार युरोपेली क्षेत्रमा गर्मीका कारण हुने मृत्युदरमा पछिल्लो दुई दशकमा ३० प्रतिशतले वृद्धि भएको छ ।

अत्यधिक गर्मीले विशेष गरी वृद्धवृद्धा र गर्भवती महिला मारमा परेका डब्लुएचओका युरोप क्षेत्रीय निर्देशक हान्स क्लुजलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । गर्मीका कारण मुटु, श्वासप्रश्वास, मानसिक स्वास्थ्य र मधुमेहसँग सम्बन्धित रोगलगायत दीर्घकालीन अवस्थालाई बढाउँछ ।
युरोपेली क्षेत्रमा सन् २००७ पछि १० वर्ष अत्यधिक तातो वर्षका रूपमा रेकर्ड भएका छन् । जसमा सन् २०२० यताका मात्रै तीन वटा वर्ष छन् ।

Share