घोडाघोडीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु

कैलाली । कैलालीको घोडाघोडीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका-८ मटयारीका ११ वर्षीय राज नेपालीको सर्पको टोकाईबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका उनलाई सुतेका बेला सर्पले टोकेको थियो । सर्पको टोकाईबाट घाइते भएका नेपालीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

Share