सिकार खेल्ने क्रममा डोटीमा एक जनाको मृत्यु

डोटी । डोटीको पूर्वीचौकीमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

पूर्वीचौकी गाउँपालिका-६ गाँजरीका अन्दाजी ३० वर्षीय अमर थापाको सिकार खेल्ने क्रममा गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईले जानकारी दिए ।

सोही ठाउँको घोत्नेगडा सामुदायिक वनमा सिकार खेल्न गएका थापाको शुक्रवार बिहान गोली लागेर घटना स्थलमै मृत्यु भएको भट्टराईले बताए । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

Share