कैलाली । राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा भएको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।
गत बैशाख १४ देखि २४ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमित तर्फ ३ लाख ९० ८ सय ६८ जना सहभागी भएका थिए । जसमध्ये ५२.९१ प्रतिशत अर्थात २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी उत्तीर्ण भएका छन् ।
जसमध्ये ९ हजार ५ सय ९१ जनाले ३.६१ देखि ४ जिपिए प्राप्त गरेका छन् । यस्तै ३.२१ देखि ३.६० जिपिए प्राप्त गर्ने विद्यार्थीहरूको सङ्ख्या ४६ हजार ८ सय ९३ जना रहेका छन् । त्यसै गरी सबै चन्दा बढी २.८१ देखि ३.२० जिपिए प्राप्त गरेका छन् । जसमा ७८ हजार ७५ जना विद्यार्थी रहेका छन् । २.४१ देखि २.८ जिपिए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या ६१ हजार ३६ जना रहेका छन् । ८ हजार २ सय ४० जना विद्यार्थीहरूले २.०१ देखि २.४० जिपिए प्राप्त गर्दा १२ जनाले १.६१ देखि २ जिपिए प्राप्त गरेका बोर्डले सार्वजनिकको आँकडामा उल्लेख गरेको छ ।
त्यस्तै ४७.८४ प्रतिशत विद्यार्थीले भने एनजी अर्थात अनुत्तीर्ण भएका छन् । जसमा १ लाख ८७ हजार २१ जना ननग्रेडिङ प्राप्त गरेका हुन् ।

यस्तै राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाका आधारमा प्रदेशका आधारमा उत्तीर्ण भएका विद्यार्थीहरुको सङ्ख्या :













