सुनको भाउ हालसम्मकै उच्च

काठमाडौं । सुनको भाउ हालसम्मकै उच्च भएको छ । शुक्रबार सुनको भाउ ५ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँ थियो । यसअघि सुनको भाउ यही साउन २ गते अहिलेसम्मकै उच्च तोलाको १ लाख ४९ हजार ८ सय रुपैयाँसम्म पुगेको थियो ।

आज चाँदीको भाउ भने पाँच रुपैयाँ घटेर तोलाको १ हजार ७ सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।