हार्दिक पाण्ड्याकाे उत्कृष्ट प्रदर्शनसँगै गुजरातलाई आइपिएलको उपाधि, राजस्थान ७ विकेटले पराजित

भारत। इन्डियन प्रिमियर लिग ( आईपीएल ) २०२२ को उपाधि नवप्रवेशी टोली गुजरात टाइटन्सले जितेको छ । आइतबार राति सम्पन्न  खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरातले पहिलाे पटक आईपीएल उपाधि चुमेकाे हो ।

राजस्थानले दिएको १ सय ३१ रनको समान्य लक्ष्य गुजरातले १८ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा ग¥यो । उसका लागि शुभन गिलले अविजित ४५, कप्तान हार्दिक पाण्ड्याले ३४, डेविड मिलरले अविजित ३२, म्याथ्यू वेडले आठ र ऋद्धिमान साहले ५ रन बनाए । राजस्थानका लागि युजवेन्द्र चहल, प्रसिद्ध कृष्णा र ट्रेन्ट बोल्ट समान १ विकेट लिए । 

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ३० रन बनाउन सक्यो । उसका लागि जोस बटलरले ३५ बलमा ५ चौकासहित ३९ रन बनाए । त्यस्तै, यशस्वी जैसवालले २२, रियान परागले १५, कप्तान सञ्जु सामसनले १४, ट्रेन्ट बोल्ट र शिमरोन हेटमायरले समान ११ रनको योगदान दिए भने बाँकी ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । गुजरातका लागि कप्तान हार्दिक पाण्ड्याले शानदार प्रदर्शन गरे । उनले उत्कृष्ट  बलिङ गर्दै ४ ओभरमा १७ रन दिएर महत्वपूर्ण ३ विकेट लिए ।त्यस्तै रविसारनिवासन साई किशोरले दुई, मोहम्मद शामी, राशिद खान र यश दयालले समान १ विकेट हात पारे ।

जितसँगै गुजरातले २० करोड भारतीय रुपैयाँ पुरस्कार सहित ट्रफी उचाल्दा उपविजेता बनेको राजस्थानले १३ करोड भारु प्राप्त ग¥यो । त्यस्तै, तेस्रो भएको रोयल च्यालेन्जर्स बैङ्ग्लोर ( आरसिबी) ले ७ करोड भारु पाएको छ ।

राजस्थानका जोस बटलर सिजनका उत्कृष्ट खेलाडि घाेषित भए ।

 

 

Share

Leave a Reply