भारत । इन्डियन प्रिमिएर लिग (आइपिएल) को उपाधिका लागि राजस्थान रोयल र गुजरात भिडदैछन् । टस जितेर ब्याटिङ रोजेको राजस्थान राेयलले उत्कृष्ट सुरूवात गरेकाे छ । फाइनल खेल अहमदाबाद स्थित नरेन्द्र मोदी खेलमैदानमा नेपाली समय अनुसार केहि बेर अघि सवा ८ बजे सुरू भएकाे छ ।
गुजरात विरुद्ध घातक मानिएका जोस बटलर ताजा अवस्थामा ५.१ ओभरको खेल सकिँदा १२ बलमा ९ रन बनाएर क्रिजमा रहेका छन् भने अर्का ओपनर यशस्भि जैसवाल १६ बलमा २ छक्का र १ चौकाको मद्दतमा २२ रन बनाएर पेभिलियन फर्किएका छन् । ५.१ ओभरको खेल सकिँदा राजस्थानले एक विकेटको क्षतिमा ४४ रन बनाएको छ ।
निकै रोमान्चक मानिने यस खेलमा राजस्थान क्वालिफाएरमा हारेको बदला लिँदै उपाधि जित्ने दाउँमा रहँदा गुजरात भने क्वालिफाएरकै अवस्था दोहोर्याउँदै उपाधि जित्ने होडमा छ ।












