सम्पर्क विहिन भएकाे तारा एअरको विमान जलिरहेको अवस्थामा फेला

काठमाडाैं । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एअरको जहाज जलिरहेको अवस्थामा फेला परेको छ । 

मुस्ताङको थासाङ गाउँपालिका दुई लारीकोटभन्दा माथिल्लो लाङिचगोला (मानापाथी हिमालको फेदी) मा जहाज जलिरहेको अवस्थामा फेला परेको नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले जानकारी दिएका जनाइएको छ ।  

आज बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एअरको जहाज १० बजेर ७ मिनेटमा सम्पर्क भएकाे िथयाे  । जहाजमा १९ जना यात्रु र तीन जना चालक दलका सदस्य गरी २२ जना व्यक्ति सवार रहेका तारा एअरले जनाएको छ ।

 

Share

Leave a Reply