धनगढी । प्रजातान्त्रिक विचार समाज कैलालीको दाेस्राे जिल्ला सम्मेलन धनगढीमा सम्पन्न भएकाे छ । आइतबार सुदूर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रण बहादुर रावलको प्रमुख आतिथ्यमा सम्मलेन सम्पन्न भएको हो । धनगढी स्थित कैलाली जनपुस्तकालयमा सम्पन्न सम्मेलनले ओम प्रकाश पाण्डेयकाे अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेकाे छ ।

‘प्रजातान्त्रिक विचार जनमानसमा बुझाउनु पर्ने आवश्यकता भएकाले समय अनुकुल को प्रजातान्त्रिक विचार बुझाउन नसक्नु हाम्रो कमजोरी रहेकाे’ भन्दै प्रमुख अतिथि रावलले अधिवेशन सफलताको सुभकामना दिदै ‘गोष्ठी, कार्यसाला आदि आयोजना गर्नु पर्ने’ बताएका छन् ।


प्रजातान्त्रिक विचार समाज प्रजातन्त्रमा आस्थावान प्राध्यापकहरूकाे समाज हाे ।












