कैलाली । कैलालीको घोडाघोडीमा ‘नगर स्तरीय लोक नृत्य तथा गजल उत्सव’ सम्पन्न भएको छ । शुक्रबार घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।कला साहित्यको पहिचान तथा संरक्षणका लागि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान कैलालीको आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियन घोडाघोडी बहुमुखी क्याम्पसको सह-आयोजनामा कार्यक्रम गरिएको हो । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजनामा गरिएको ‘लोक नृत्य तथा गजल उत्सव’मा गजल र लोक नृत्य प्रस्तुत गरेका थिए ।
घोडाघोडी नगरपालिका भित्र रहेका गजल तथा नृत्यमा रुचि र क्षमता भएका युवा र बालबालिकाको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । लोक नृत्यका लागि नगरपालिका भित्रका ८ टोलीको सहभागिता रहेको थियो भने गजल विधामा ६ जनाको सहभागिता रहेको थियो । जसमा लोक नृत्यमा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार ५ सय नगदसहित प्रमाण-पत्र प्रदान गरिएको थियो । जसमा विप्लभ खड्का सहित ५ जनाको टोली प्रथम तथा रेनुका ढकाल सहित १० जनाको समूह दोश्रो हुँदा जिया आचार्य सहित ४ जना घोडाघोडी बहुमुखी क्याम्पसका विद्यार्थीकाे समूहले तेस्रो स्थान प्रदान गरेका थिए ।
त्यस्तै गजल विधामा सहभागी ६ जना रहेकामा प्रथम, द्वितीय र तृतीयलाई नगद र प्रमाण-पत्र प्रदान गरेको थियो । जसमा क्रमश ५ हजार, ३ हजार ५ सय र २५ सय पुरस्कारको व्यवस्था गरिएको थियो । जसमा प्रिया गौतम प्रथम, प्रशान्त डिसी दोश्रो र मुना कँडेलले तेस्रो स्थान प्राप्त गरेका हुन ।
स्ववियु सभापतिकाे सभाआतिथ्यसँगै सुरु भएको कार्यक्रमकाे प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि.एन जोशी रहेका थिए । त्यस्तै विशिष्ट अथितिमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्णु सापकोटा रहेका थिए ।सापकोटाले कार्यक्रममा घोडाघोडी बहुमुखी क्यापसका विद्यार्थीहरूको प्रगति र क्षमता देखेर आफू निकै हर्षित भएका कारण कार्यक्रम यस पटक घोडाघोडीमा आयोजना गरिएको बताए ।













