कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले गर्मी बाढे संगै बालबालिकामा समस्या देखिम सक्ने भन्दै ६ दिन बिद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले आज एक सूचना जारी गर्दै जेठ २४ गते सम्मका लागि सामुदायिक तथा संस्थागत बिद्यालय बन्द गर्ने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ ।
उपमहानगरपालिका द्वारा जारी गरिएको सूचनामा ‘हाल बढ्दो अत्याधिक गर्मिको कारण बालबालिका तथा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्येनजर गर्दै मिति जेठ १८ गते देखि जेठ २४ गतेसम्म बिद्यालय बन्द गर्ने निर्णय गरेको हो ।’ उक्त बिदा बाफतको समय वर्षे विदाबाट कट्टा हुने गरी उपमहानगरपालिका अन्तर्गतका सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरुको पठनपाठन बन्द गर्ने व्यवस्था मिलाउन जनाइएकाे छ ।













