काठमाडाैं । रियल मड्रिडले च्याम्पियन्स् लिग फुटबलको उपाधि १४ औ पटक जितेको छ । गएराती भएको खेलमा इंग्लिस क्लब लिभरपुललाई १-० ले पराजित गर्दै रियलले उपाधि हात पारेको हाे ।
खेलको ५९ औ मिनेटमा रियलका भिनिसियल जुनियरले गरेकाे गाेलनै निर्णायक बन्याे । स्टेड डे फ्रान्स रंगशाला भएको राेमाञ्चक फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै रियलले १४ औ च्याम्पियन्स् लिग उपाधि हात पारेकाे हो ।













