भारत । भारतमा जारी यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्दैछन् । फाइनल अहमदाबाद स्थित नरेन्द्र मोदी खेलमैदानमा नेपाली समयअनुसार राति सवा ८ बजे हुदैछ ।
पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई पराजित गर्दै फाइनल पुगेको हाे भने दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराउँदै राजस्थानले फाइनलमा स्थान पक्का गरेकाे हो । गुजरात बलियो मानिन्छ भने राजस्थानका जोस बटलरले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । बटलरले यस सिजनमा ४ शतक प्रहार गरेका छन् । उनी ओरेन्ज क्यापको दौडानको शीर्ष स्थानमा रहेका छन् । आज पनि उनी गुजरात विरुद्ध घातक बन्न सक्ने देखिन्छन । गुजरात आईपीएल क्रिकेटको नवप्रवेशी टोली हो । राजस्थानले आईपीएलमा पहिलो संस्करणको उपाधि जितेको थियो ।













