मैत्रीपूर्ण फुटबल: टिमोर लिस्ट र नेपाल बराबरी

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीले टिमोर लिस्टेको २३ वर्षमुनिको टोलीसँग मैत्रीपूर्ण खेलमा बराबरी गरेकाे छ । कतार स्थित दोहाको ग्रान्ड हमाद स्टेडियममा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी खेलेको हो ।

पहिलो हाफको इन्जुरि समयमा टिमोरसले २-०को अग्रता कायम ग¥यो । दोस्रो हाफ सुरु भए लगत्तै नेपालका दर्शन गुरुङले ५१ औं मिनेटमा पहिलो गोल गरे त्यसपछि खेलको ७२ औँ मिनेटमा दोस्र गोल गर्दै नेपाल टिमोरसँग बराबरीमा रोकियो ।
एएफसी एसियन कप छनोट अघि दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका अनुसार नेपालले पहिलो मैत्रीपूर्ण खेल टिमोर लिस्टेसँग खेलको हो

अब नेपालले जेठ २० गते ओमानसँग खेल्नेछ । नेपाली टोली कतारबाटै कुवेत जानेछ । एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *