काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप गुमाउन सक्ने भएका छन्। अमेरिकाले भिसा नदिएपछि उनले विश्वकप गुमाउने सम्भावना बढेको छ ।
लामिछानेले सामाजिक सञ्जालमार्फत् आफूले भिसा नपाएको जानकारी दिएका छन्। उनले सन् २०१९ मा जस्तै यस पटक पनि काठमाडौंस्थित अमेरिकन दूतावासले भिसा दिन अस्वीकार गरेको जानकारी दिएका हुन्।
विश्वकप खेल्न नपाएपछि उनले आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। बलात्कार अभियोग लागेका लामिछानेलाई हालै उच्च अदालत पाटनले सफाइ दिएको थियो। काठमाडौं जिल्ला अदालतबाट ८ वर्ष कैद सजाय भएको मुद्दा उल्टाउँदै पाटनले आरोप पुष्टि नहुने भन्दै लामिछानेलाई सफाइ दिएको थियो।













