क्यानले सन्दीपको निलम्बन फुकुवा गरेसँगै टी २० विश्वकपका लागि बाटो खुला 

Sandeep lamochhane
तस्बिर : क्यान

काठमाडौं । उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएसँगै नेपाल क्रिकेट संघ क्यानले उनी माथि लगाएको निलम्बन फुकुवा गरेको छ ।

क्यानले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपमाथि भएको निलम्बन फुवुका गरिएको जनाएको छ । योसँगै सन्दीपले टी २० विश्वकप खेल्ने बाटो समेत खुलेको छ ।

‘उच्च अदालत पाटनको बुधबारको फैसला बमोजिम बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौ’, क्यानद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

गत पुस १३ गते जिल्ला अदालत काठमाडौंबाट बलत्कार मुद्दामा दोषी ठहर भएपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो । आज उच्च अदालतले सफाइ दिएसँगै क्यानले सन्दीपमाथिको निलम्बन फुकुवा गरेको हो ।

लामिछानेलाई बुधबार उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको हो ।