बिहीबार सार्वजनिक बिदा

कैलाली । सरकारले चैत २९ बिहीबार इस्लाम धर्मावलम्बीहरूको पर्व इद-उल फित्रका अवसरमा सार्वजनिक बिदा दिएको छ ।

बुधवार गृह मन्त्रालयका सहसचिवले एक सूचना जारी गर्दै बिहीबारका सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छन्।

२०७९ चैत २ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार धर्मावलम्बीहरूको पर्व इद-उल फित्रका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको थियो ।

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलो पटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा रही आएको छ।

Share