कैलाली । सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीतालमा सवारी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् ।
टाइम्स अफ इण्डियाका अनुसार मृत्यु हुने नेपालीहरु कञ्चनपुर महेन्द्रनगरका हुन् ।
दुर्घटनामा ज्यान गुमाउनेमा ५० वर्षीय शिवराम चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी, ६० वर्षीय गोपाल र ४५ वर्षीय धिरज रहेका छन्।
यस्तै दुर्घटनामा दुई जना घाइते भएका जनाइएको छ।
सोमबार राति १० बजेपछि नेपाली श्रमिकहरु सवार जिप भिरबाट झण्डै दुई सय मिटर तल खसेर दुर्घटनामा परेको जनाइएको छ ।नेपाली श्रमिक घर फर्किंदै गर्दा दुर्घटनामा परेका हुन्।












