आईपीएल क्रिकेट : लखनउको पहिलो जित, आइतबार दुई खेल हुँदै

कैलाली । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत शनिबार भएको खेलमा लखनउ सुपर जाएन्ट्सले जित हात पारेको छ । उक्त खेलमा लखनउले पञ्जाब किङ्गलाई २१ रनले पराजित गर्यो ।

२ सय रनको विशाल लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७८ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि कप्तान शिखर धवनले ५० बलमा ७ चौका र ३ छक्का सहित सर्वाधिक ७० रन बनाए ।

ओपनर जोनी बेयरस्टोले ४२, लियम लिभिङस्टोनले २८ रन बनाउन बाहेक अन्य ब्याटरले सम्झिनलायक प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ लखनउका लागि मयंक यादवले डेब्यु खेलमै ३ विकेट लिन सफल भए । यस्तै मोहसिन खानले २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९९ रन जोड्यो । उसका लागि ओपनर क्लिन्टन डी ककले ३८ बलमा सर्वाधिक ५४ रन जोडे ।

यस्तै क्रुनाल पाण्डे ४३ तथा उक्त खेलमा कप्तानी गरेका निकोलस पुरनले ४२ रन बनाए । पञ्जाबका साम करनले ३, अश्रदिप सिंहले २ तथा कागिशो रबाडा र राहुल चहरले समान १ विकेट हात पारे ।

लखनऊको यस सिजनको आईपीएa यो पहिलो जित हो । पञ्जाबले भने ३ खेलमा १ जित निकालेको छ ।

आईपिएलमा आईपीएलमा दुई खेल हुँदै छन् । दिनको ३:४५ बजे हुने खेलमा गुजरात टाईटन्स र सनराईजर्स हैदराबाद भिड्ने छन् भने दोस्रो खेलमा साँझ ७:४५ बजे दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किंग्स भिड्ने समय तालिका रहेको छ ।

Share