सोमवार सुदूरपश्चिमका दुई जिल्लामा सार्वजनिक बिदा

कैलाली । सुदूरपश्चिम प्रदेशका तराईका दुई जिल्लामा सोमबार प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

सुदूरका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने लोपोन्मुख जातीको रुपमा रहेको रानाथारु समुदायले मनाउने प्रमुख पर्व खखडेहरा पर्वको अवसरमा प्रदेश सरकारले चैत १९ गते सार्वजनिक बिदा दिएको हो ।

सुदूरपश्चिम प्रदेश सार्वजनिक बिदा सम्बन्धी राजपत्रमा समेत खखडेहरा  पर्वलाई समेटेको छ ।

Share