काठमाडौं : चलचित्र ‘कबड्डी ४’ ले देशभर उत्कृष्ट सुरूवात गरेको छ। रिलिज भएकाे पहिलाे दिन शुक्रबार चलचित्रले व्यापारले काेराेनाका कारण थला परेकाे नेपाली चलचित्र क्षेत्रमा कीर्तिमान रच्यो। नेपालि चलचित्र इतिहासमा पहिलाे पल्ट मल्टिप्लेक्स हलले उच्च शो दिएका थिए। जसकाे परिणाम नेपाली दर्शक सिनेमा हलमा ओइरिएपछि कबड्डी ४ ले सुखद् सुरुवात गरेको हो। उसले शुक्रवार मात्र साढे २ देखि ३ करोड रुपैयाँ कलेक्सन गरेको बताइएको छ।
रामबाबु गुरुङ निर्देशित यो चलचित्रले क्यूएफएक्समा १०५ शो र बिग मुभिजमा १७ शो प्राप्त गरेको छ। यस अघि दक्षिण भारतिय चलचित्र केजीएफ च्याप्टर-२ ले सर्वाधिक ८० शाे पाएकाे थियाे ।नेपाली चलचित्रले यति धेरै शो पाउनु अाफैमा सकारात्मक पक्ष हाे पहिलो दिन सबै शोहरु हाउसफुल भए।
शुक्रबार देशभरका साना–ठूला सबै हल हाउसफुल भए।













