जोस बट्लरकाे शानदार पारीसँगै जित निकालेकाे राजस्थान फाइनलमा

भारत । भारतमा जारि यस सिजनको इन्डियन प्रिमिएर लिग (आइपिएल) २०२२ को फाइनलमा राजस्थान रोयल्स र गुजरात टाइटन्स भिड्ने भएका छन् । 

गएराती अहमदाबाद स्थित नरेन्द्र मोदी खेलमैदानमा सम्पन्न खेलमा राजस्थानले रोयल च्यालेन्जर्स बैङ्ग्लोरलाई ७ विकेटले पराजित गर्दै गुजरातसँग फाइनल भिडन्त पक्का गरेको हो ।

बैङ्ग्लोरले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको राजस्थानले १८ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो । राजस्थानका ओपनर जोस बट्लरले अविजित १ सय ६ रनको शतकीय पारी खेले । कप्तान सञ्जु सामसनले २३ बनाउदा याशभी जैशवालले २१ रन बनाए । बेङ्ग्लोरका जोश हाजलउडले २ तथा वानिन्दु हसरङ्गा डी सिल्भाले १ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङको मौका पाएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो । बेङ्ग्लोरका रजत पटीदारले ५८ रनको अर्धशतकीय पारी खेले ।

राजस्थानका प्रसिद्ध कृष्ण र ओबेड म्याककोयले समान ३ तथा रविचन्द्र आश्विन र टेन्ड बोल्टले समान १ विकेट लिए ।

फाइनल खेल अाइतबार अहमदाबाद स्थित नरेन्द्र मोदी खेलमैदानमा नेपाली समय अनुसार राती सवा ८  बजे सुरु हुने छ । गुजरातले पहिलो क्वालिफायरमा राजस्थानलाई नै हराएर फाइनल पुगेको थियो । हिजो हारसँगै बेङ्ग्लोरको भने यो पटक पनि फाइनल पुग्ने धोको पुरा हुन सकेन । गत वर्ष १४ औँ सिजनको आइपिएलमा पनि बेङ्ग्लोर इलिमिनिटरमा कलकत्ता नाइट राईडर्ससंग ४ विकेटले पराजित हुँदै फाइनल पुग्न असफल भएको थियो ।

 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *