धनगढीका मेयर हमालकी छोरी भारतमा सम्पर्क विहिन

तस्बिर : हमालको फेसबुकबाट

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी भारतमा सम्पर्क विहिन भएकी छन् । ओशो साधक रहेकी जेठी छोरी आरती हमाल भारतको गोवाबाट सम्पर्क विकिन भएकी मेयर हमालले  सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।

मेयर हमालले लेखेका छन्, ‘उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन् । हिजोदेखि जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नुहुने शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु ।’

उनले आफ्नी कान्छी छोरी आर्जु र ज्वाइँ आरतीको खोजी गर्न गोवा पुग्दै गरेको जानकारी समेत दिएका छन् । मेयर हमालले सबैलाई छोरीको खोजी कार्यमा सहयोग गरि दिन पनि अनुरोध गरे छन् ।

Share