कैलाली । डोटीकाे बडीकेदार गाउँपालिका-२, मा एक महिला घट्ट भित्र मङ्गलबार मृत फेला परेकी छन्। बडीकेदार गाउँपालिका २ कोटकेना कि करिब ४२ वर्षीय दुर्गा घर्तीमगर घट्ट भित्र मृत फेला परेकी प्रहरी कार्यालय खदेउलीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उनी आज सोही ठाउँको ओखलढुङ्गामा रहेको घट्ट भित्र मृत फेला परेकी हुन् ।
सोमवार दिउसो करिब १ बजे तिर घरबाट घट्ट गएकी घर्तीमगर घर नफर्किएपछि मङ्गलबार बिहान खोजी गर्दा उनी मृत भेटिएकी प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति हेर्दा संकास्पद रहेको र अनुसन्धान भइरहेको प्रहरी कार्यालय खडेउलीले जनाएको छ ।













