भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल सवारी दुर्घटनामा

चितवन। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना भएको छ ।  

दाहाल चढेको गाडी ललितपुर जावलाखेलको स्टाफ कलेज नजिकै टायर पन्चट भएर पोलमा ठोक्किएको जावलाखेल प्रहरीले जनाएको छ ।

दुर्घटनाका कारण दाहालको टाउकोमा चोट लागेको जनाइएको छ । मेयर दाहालको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको छ । उनकाे अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

 

Share