जित्नै पर्ने खेलमा नेपाल भारतसँग १० गोलले पराजित 

कैलाली । बिहीबार काठमाडौंमा भएको १६ वर्षमुनिको महिला साफ च्याम्पियनसिपको जित्नै पर्ने खेलमा नेपाल भारतसँग १०-० गोल अन्तरले पराजित भएको छ ।

नेपाल भारतसँग पराजित भएसँगै प्रतियोगिताबाट नै बाहिरिएको छ भने भारत सेमीफाइनल प्रवेश गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपालले पहिलो हाफमा ६ खाँदा दोस्रो हाफमा समेत खेलमा पर्खिन सकेन । दोस्रो हाफमा समेत ४ गोल खान पुग्यो । अन्ततः नेपाल १०-० गोल अन्तरले पराजित हुन पुग्यो । फाइनलमा पुग्न दुवै टोलीलाई आजको खेल जित्नै पर्ने थियो ।

यो जितसँगै भारतको तीन खेलबाट ६ अङ्क भएको छ ।

उसले पहिलो खेलमा भुटानलाई ७ गोलले पराजित गर्दा दोस्रो खेलमा बंगलादेशसँग ३-१ ले पराजित भएको थियो ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग २ गोलले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ३ गोलले हराएको थियो ।

बंगलादेश दुई खेलमा ६ अङ्कसहित फाइनलमा पुगिसकेको छ । भोलि बंगलादेशले राउण्ड रोबिन चरणको अन्तिम खेलमा भुटानसँग खेल्नेछ ।

भुटान अङ्कविहीन हुँदै बाहिरी सकेको छ । फाइनल खेल आउँदो आइतवार हुनेछ ।

Share