कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-१, सुखडमा अवस्थित राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो जग्गामा भएका अस्थायी संरचना हटाउन ७ दिनको समयावधि तोकेको छ ।
सोमबार विद्यालयले एक सूचना जारी गर्दै विद्यालयको नाममा दर्ता स्रेस्ता कायम रहेको कित्ता नं.९७ को ८ कट्ठा जग्गाको क्षेत्रफलमा निर्माण गरिएका अस्थायी घर टहरा तथा विभिन्न संरचना हटाउन निर्देशन दिएको हो । सूचना अवज्ञा गर्दै खाली नगरेमा बल प्रयोग गर्ने चेतावनी समेत विद्यालयले दिएको छ ।

यसअघि विद्यालयले माघ ९ गते पहिलो सूचना जारी गर्दै ३५ दिन भित्र उक्त संरचना हटाउन आग्रह गरेको थियो ।

तर उक्त सूचना प्रकाशित गरेको समयावधि आज सकिँदा समेत कसैले पनि जग्गा खाली नगरेको भन्दै विद्यालयले आज दोस्रो सूचना प्रकाशित गरेको छ ।
विद्यालयको जग्गा यही फागुन २१ गतेभित्र खाली गरी सक्नु पर्ने जनाइएकाे छ । सूचनाको अवज्ञा गर्दै जग्गा खाली नगरेमा सूचनाको समयावधि समाप्त भएको दिन बल प्रयोग गरेर भए पनि जग्गा खाली गर्ने चेतावनी विद्यालयको छ । बल प्रयाेग गर्दा हुँने व्यक्तिगत धनजनको क्षतिको जिम्मा आफैले लिनु पर्ने समेत जनाएको छ ।
विद्यालयले आर्थिक वर्ष २०७६/२०७७ मा सङ्घीय सरकारबाट प्रत्येक प्रदेशमा निर्माण गर्ने नमुना विशेष आवासीय विद्यालय अन्तर्गत प्राप्त अनुदानबाट छात्रावास, क्यान्टिन र थेरापी भवन उक्त जग्गामा बनाउन अग्रसर भएकाे छ ।
विद्यालयकाे जमिन प्रयाेग गर्नेहरू


















