एनएमबीको एटीएम उद्घाटन तथा रक्तदान कार्यक्रम सम्पन्न

कैलाली । कैलालीको घोडाघोडीमा एनएमबी बैंकले आफ्नो एटीएम सेवा सुचारु गरेको छ । मङ्गलबार घोडाघोडी नगरपालिकाकाे सुखडमा एक कार्यक्रमका बीच बैंकले एटीएम सेवाकाे उद्घाटन गरेको हो ।

घोडाघोडीमा विगत चार वर्ष देखि एनएमबी बैंकको शाखा सुरु गरी सेवा दिँदै आएको बैङ्कले ग्राहकहरुको सेवालाई ध्यानमा राख्दै आज एटीएमको उद्घाटन गरेको हो । सुखड शाखामा आफ्नो एटीएम सेवा सुचारु गर्ने प्रयास आज सफल भएको एनएमबी बैंक सुदूरपश्चिम तथा कर्णाली प्रदेशका प्रमुख श्याम अधिकारीले जानकारी दिए । उक्त कार्यक्रममा विशिष्ट अथिति समेत रहेका अधिकारीले ‘केही समय यता ग्राहकहरू बढ्दै गएका र आफूहरुले पनि थप प्रविधिमैत्री हुँदै सेवालाई अगाडि बनाउने उद्देश्यले एटीएम सेवालाई अगाडि बढाएको बताए ।’

साथै कार्यक्रममा प्रमुख अतिथि रहेका घोडाघोडी नगरपालिका नगर प्रमुख खडक बहादुर रावतले कार्यक्रममा बोल्दै विगत १६ वर्ष देखि यस बैंकले राष्ट्रिय बैंकको रूपमा मान्यता प्राप्त गरेको र यसले जनप्रतिनिधिले चाहे अनुसार सामाजिक सुरक्षा भत्ता समेत प्रदान गर्दै आएको भन्दै धन्यवाद समेत व्यत्त गरे ।

२०७४ वैशाख १७ गतेदेखि कञ्चन विकास बैंकको रूपमा सेवा दिँदै आएकोमा २०७७ भाद्र ६ गते एनएमबी बैंकसँग समाहित हुँदै एनएमबी बैंकको रुपमा सो बैंकले सेवा दिँदै आएको छ । हाल सम्म देशैभरि २ सय १ शाखा सञ्चालनमा ल्याएको छ । भने, देशभर आफ्ना १ सय ७७ एटीएम मेसिन राखी सकेको छ । १७७ औं एटीएमको रूपमा सुखड शाखामा एटीएम सेवा थालनि भएकाे एनएमबी बैंक सुखड शाखाका म्यानेजर रमेश भाटले जानकारी दिए ।

साथै सोही एटीएम उद्घाटन कार्यक्रमको अवसर पार्दै बैंकले रक्तदान कार्यक्रम समेत गरेकी थियो । जसमा ३४ पोइन्ट रगत जम्मा भएको बैंकले जनाएको छ।

कार्यक्रममा विभिन्न वैंकका प्रतिनिधिहरूका साथै कर्मचारी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतकाे उपस्थिति रहेको थियो ।

Share