डोटी । डोटीको सायल गाउँपालिका १ मा जिप दुर्घटना हुँदा ८ जना घार्इते भएका छन् । १४ जना यात्रु बाेकि सायलबाट दिपायल जान लागेको सु.प.प्र ०१००१ १३३४ नम्बरको जिप शुक्रवार बिहान १० बजे तेलपारामा दुर्घटना भएकाे हाे । घाईते मध्य २ जनाको अवस्था गम्भिर रहेको र उनिहरूकाे शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भोला कुमार भट्टले जनाएका छन् ।
चालकलाई नियन्त्रण लिर्इ घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













