नगर प्रमुख रावतको दुर्घटना, चार टाँका

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख खडक बहादुर रावत दुर्घटनामा परेका छन् । मंगलबार राती करिब ११ बजेको समयमा उनी दुर्घटनामा परेका हुन ।

घर नजिकै हिँड्दा हिँड्दैको अवस्थामा अचानक लडेका रावतलाई स्थानीय घोडाघोडी अस्पतालमा उपचार पछि, घर छोडिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

नगरप्रमुख रावतको अनुहार र आँखाको परेला भन्दा माथि गहिरो चोट लागेका कारण चार वटा टाँका प्रयोग गर्नु परेको उपचारमा सङ्गलन कैलालीको घोडाघोडी अस्पतालका चिकित्सक राहुल कुमार सिंहले जानकारी दिएका छन् ।

नगरप्रमुख रावत भन्छन् । “अचानक चक्कर आए जस्तो भो ! त्यही लडे छु ! ब्लड धेरै बगेको रहेछ ।” चोटकै कारण बुधबारका लागि निमन्त्रणा गरिएका कुनै पनि कार्यक्रममा आफू सरिक हुन नसकेको र अझै केही दिन आराम गर्ने नगर प्रमुख रावतको भनाई छ ।

Share