कैलाली । सर्वोच्च अदालतले यही पुस १३ गते ‘जनयुद्ध दिवस’ मा बिदा दिने सरकारको निर्णय खारेज गरिदिएको थियो । तर सर्वोच्चको फैसला विपरित कैलालीको मोहन्याल गाउँपालिकाले भने दिवसको अवसरमा भोलि स्थानीय बिदा दिएको छ ।
गृह मन्त्रालयले पनि सर्वोच्च अदालतको फैसलालाई आत्मसाथ गर्दै भोलि बिदा नरहेको बताइ सकेको छ । आज गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको फैसला अनुसार माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते बिदा नदिने निर्णय गरेको बताएको छ ।

कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाले भने भोलि बिदा दिने बताएको छ । आज गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले एक विज्ञप्ति जारी गर्दै पालिका भित्रका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थामा भोलि स्थानीय बिदा रहेको बताएका छन् ।

अध्यक्ष उपाध्यायले पालिकालाई स्थानीय बिदा दिने कानुनी अधिकार रहेको बताए । जनयुद्ध दिवसमा सहिद बेपत्ता र घाइते भएका व्यक्तिहरू तथा आफन्तहरूको सम्मानमा स्थानीय बिदा दिएको उपाध्याय बताए ।
उपाध्याय माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् ।













