काठमाडौं । पहिलो चलचित्र ‘ड्रिम्स’बाट साम्राज्ञी आरएल शाह ‘स्टार नायिका’ को रुपमा उदाइन् । शाह बोल्ड र ग्याल्मर रूपमा प्रस्तुत भएकी ‘ड्रिम्स’ सुपरहिट हुँदा अनमोल केसीभन्दा बढी फाइदा उनलाई भएको थियो । उनको अभिनय सशक्त थियो । दोस्रो चलचित्र ‘ए मेरो हजुर २’ पनि सफल भैदिँदा उनको स्टारडम एकाएक उचाइँमा पुग्यो ।
कतिपयले उनलाई ‘नम्बर वान नायिका’को रुपमा समेत विश्लेषण गरेका थिए । उनको अभिनय, नृत्य र बजारको माग हेर्दा त्यस्तै लाग्थ्यो। तर, तेस्रो चलचित्र ‘कायरा’ फ्लप भयो। आर्यन सिग्देल संगको यो चलचित्रले पनि उनलाई फाइदा दिन सकेन। चौथो चलचित्र ‘इन्टु मिण्टु लण्डनमा’ले लगानी उठाएर ‘सेमी हिट’को ‘ट्याग’ पायो ।
‘इन्टु मिण्टु लण्डनमा’ पछि भने उनको स्टारडमलाई बचाउन कुनै चलचित्र सक्षम भएनन् । ‘कायरा, ‘तिमीसँग’, ‘मारुनी’, ‘रातो टीका निधारमा’, ‘तिम्रो मेरो साथ’ र ‘ह्यारी कि प्यारी’ नचल्दा उनले फ्लपमा ‘डबल ह्याट्रिक’ गरिन् । गत बर्ष ‘नांगो गाउँ’ सफल भएपनि उनले जस पाइनन् किनकी उनको सहायक रोल थियो साथै दयाहाङ र मिरुनाको जोडी थियो।
‘नांगो गाउँ’मा काम गरेपछि नयाँ चलचित्र साइन नगरेकी साम्राज्ञीको आज मात्र ‘रुमानी’ को घोषणा भएको छ। चलचित्रमा सामाग्री र नायक आर्यन अधिकारीको जोडी फाइनल भएको छ । एकातिर लगातार चत्रचित्र असफल हुनु र अर्कोतिर श्रृंखलाबद्ध विवादले उनको क्रेज कमजोर बनाएको छ। उनको करिअर बचाउनको लागि एउटा हिट चत्रचित्रको खाचो छ।













