घोडाघोडी बहुमुखी क्याम्पस पब्लिक क्याम्पस प्राध्यापक संघ सभापतिमा दिनेशराज जोशी  

कैलाली । कैलालीको घोडाघोडीमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको पब्लिक क्याम्पस प्राध्यापक संघको सभापतिमा दिनेशराज जोशी निर्विरोध निर्वाचित भएका छन् ।

क्याम्पसमा आज भएको निर्वाचनमा जोशीको एकल उम्मेदवारी परेपछि निर्वाचन मण्डलले जोशीलाई सभापतिमा निर्विरोध निर्वाचित घोषणा गरेको हो । यस्तै सभापति जोशीसँगै ६ जना पदाधिकारी सहित ४ जना केन्द्रिय प्रतिनिधि पनि निर्विरोध निर्वाचित भएका छन् ।

पब्लिक क्याम्पस प्राध्यापक संघ घोडाघोडी बहुमुखी क्याम्पसको चुनावी सभाबाट सभापतिमा जोशी चयन हुँदा उपसभापतिमा रघुनाथ चौधरी, कोषाध्यक्षमा देवी बम, सचिवमा खेमराज जोशी निर्विरोध निर्वाचित भएका छन् । यस्तै अन्य पदाधिकारी (सदस्य) मा बालुराम जोशी, घनश्याम जोशी र बसन्त भाट चयन भएका निर्वाचन संयाेजक प्रेमराज चाैधरीले जनाएका छन् ।

सभापतिमा निर्वाचित जोशी घोडाघोडी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख समेत हुन् ।

यस्तै पब्लिक क्याम्पस प्राध्यापक संघ घोडाघोडीबाट केन्द्रिय प्रतिनिधिका रूपमा सुनिलराज सापकोटा, महेश प्रसाद तिमिल्सेना, नारायण प्रसाद आम्मै र भरतराज शर्मा निर्वाचित भएका छन् । 

केन्द्रिय प्रतिनिधि चयन भएका चार जना पब्लिक क्याम्पस प्राध्यापक संघको राष्ट्रिय अधिवेशनमा सहभागी हुने प्रावधान समेत रहेको छ ।

Share