यू १९ विश्वकप : गर या मरको दाउमा नेपाल, अफगानिस्तानको सामना गर्दै

तस्बिर : आईसीसी

कैलाली । दक्षिण अफ्रिकामा जारी यू १९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल आज गर या मरको स्थितिमा रहेको छ । आज नेपाल अफगानिस्तानको सामना गर्दै छ । उक्त खेलमा पराजय भोगेमा नेपाल विश्वकपको यात्रामा यहा निर नै बिट मार्ने छ । त्यस कारण आज नेपालका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ । 

समूह ‘डी’ मा रहेको नेपालले यस अघि खेलेका समूह चरणका दुई खेलमा पराजय भोगी सकेका कारण नेपाल कठिन परिस्थितिमा परेको हो । पहिलो खेलमा न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित हुन पुग्यो । आज समूह चरणको अन्तिम खेल खेल्दै छ नेपाल । उता अफगानिस्तान पनि समूह चरणका दुवै खेलमा पराजित भैसकेको छ । पहिलो खेलमा पाकिस्तानसँग १ सय ८१ रनको फराकिलो अन्तरले पराजय भएको अफगानी दोस्रो खेलमा न्युजिल्याण्डसँग १ विकेटले पराजित हुन पुग्यो ।

आजको खेल नेपालका लागि मात्रै नभई अफगानिस्तानका लागि पनि निकै महत्वपूर्ण रहेको छ । जसले जित हात पार्न सक्यो उही टोली नै अघिल्लो चरण पुग्ने छ ।अफगानीको भन्दा नेपालको नेट रन रेट निकै राम्रो रहेको छ । त्यस कारण नेपालले आजको खेल बराबरी गरे मात्रै पनि पुग्ने छ भने अफगानिस्तान जित हात पार्नु नै पर्ने छ । समूह ‘डी’ मा पाकिस्तान र न्युजिल्याण्ड २/२ खेलमा जित हात पार्दै अर्को चरणको यात्रा तय गरि सकेका छन् । 

आजको खेल दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । 

गुल्सनको निराशा जनक प्रदर्शन 

नेपाली राष्ट्रिय टोलीमा तहल्का मच्चाइ रहेका रहेका गुल्सन झाबाट यस विश्वकपमा आम खेल प्रेमीले उनको चौतर्फी भूमिकाको आशा गरेका थिए । तर उनीबाट त्यो प्रदर्शन भैरहेको छैन् । ब्याटिङ बलिङमा निकै प्रभाव पारेका उनले यहाँ भने अपेक्षाकृत प्रदर्शन गर्न सकी रहेका छैनन् । न्युजिल्याण्डसँग बलिङमा २ विकेट हात पारेका उनले ब्याटिङमा पनि मात्रै २ रन जोड्न सके । दोस्रो खेलमा पाकिस्तानविरुद्ध १८ रन जोडेका उनले विकेट हात पार्न सकेनन् । 

अफगानिस्तान विरुद्ध नेपालका यी खेलाडी बन्न सक्छन् जितका लागि नायक 

जारी विश्वकपमा नेपालले अपेक्षाकृत खेल प्रदर्शन गर्न सकेको छैन् । पहिलो खेलमा न्युजिल्याण्डसँग सम्मान जनक ब्याटिङ गरेको थियो । भने, पाकिस्तानसँग अपेक्षाकृत प्रदर्शन गर्न सकेन । पहिलो खेलमा अर्जुन कुमालले ७० रनको पारी खेल्दा दोस्रो खेलमा उनी मात्रै ६ रनमा पेभेलियन फर्किए । पहिलो खेलमा स्थान नपाएका विपिन रावलले दोस्रो खेलमा टोलीलाई निकै राहत दिएका थिए । उनले टोलीका लागि सर्वाधिक ३९ रन जोडेका थिए । 

आजको खेलमा विपिन रावल, अर्जुन कुमाल, कप्तान देव खनाल, उत्तम कुमार थापा मगरले ब्याटिङमा प्रभाव छोड्दा गुल्सन झा ले अलराउण्डर प्रदर्शन गर्न सक्षम छन् । दुर्गेश गुप्ता, आकाश चन्द र सुवास भण्डारी जस्ता खेलाडीले बलिङमा प्रभाव छोड्दै अफगानिस्तानलाई स्तब्ध पार्ने दाउमा नेपाली टोली रहेको छ । 

नेपाल र अफगानीबिचको हालसम्मको नतिजा 

हालसम्म नेपाल र अफगानीबिच त्यति धेरै खेल नभए पनि नेपाल भन्दा अफगानिस्तान बलियो नै रहेको छ । २०२३ डिसेम्बरमा भएको यू १९ एसिया कपमा नेपाल अफगानीसँग ७३ रनले पराजित भएको थियो । उक्त खेलमा पनि अर्जुन कुमालले ९१ रनको पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । तर आजको खेलमा जित निकाल्दै उक्त हारको बदला लिँदै अर्को चरण पुग्ने सोचमा नेपाल रहँदा अफगानी उक्त नतिजालाई नै निरन्तरता दिने दाउमा रहेको छ ।

Share