घोडाघोडी सुनचाँदी व्यावसायी संघको ८ औ वार्षिक उत्सव, अध्यक्षमा दिनेश शोव

कैलाली । घोडाघोडी सुनचाँदी व्यावसायी संघले ८ औ वार्षिक उत्सव तथा चौथो चुनावी साधारण सभा सम्पन्न गरेको छ । आज कैलालीकाे सुखडमा आयाेजित साधारण सभाले नँया कार्य समिति समेत चयन गरेकाे छ ।  चुनावी सभाले अध्यक्षमा  दिनेश शोव सहित १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हाे ।

विगत ८ वर्ष देखि कैलालीको घोडाघोडी नगरपालिकामा रहेका सुनचाँदी व्यवसायीको संरक्षण तथा नेतृत्व गर्दै आएको संस्थाले आज नयाँ कार्यसमिति चयन गरेको छ । घोडाघोडी नगरपालिका १, मा रहको नवरत्न होटलको सभाहलमा भएको सदस्यहरूको भेलाले नयाँ कार्य समिति चयन गरेको हाे । 

समितिकाे उपाध्यक्षमा पदम शोव र राम व. विश्वकर्मा महासचिवमा टिकाराम सुनार, सचिव महेश सुनार, कोषाध्यक्ष राजेश सुनार लाई चयन गरिएको छ। कार्यकारी सदस्यहरूमा सुरेश सुनार, जितु वि.क, हिमाल सुनार अनिल सुनार चयन भएका छन्, त्यस्तै गणेश सुनार, श्यामराज विश्वकर्मा, मान व. सुनार, सञ्जय रसाइली सल्लाहकार समितिमा रहेका छन् ।

घोडाघोडी सुनचाँदी व्यवसायी संघले शनिबार वार्षिक उत्सव तथा साधारण सभाकाे अवसरमा रक्तदान कार्यक्रम समेत आयोजन थियाे । नेपाल रेडक्रस सँगको सहकार्यमा आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ४४ पिन्ट रगत संकलन गरिएको नेपाल रेडक्रस कैलालीका रक्त सञ्चार प्राविधिक खगराज चौधरीले जानकारी दिएका छन् । कार्यक्रममा २ जना महिला सहित ४२ जना पुरुषले रक्तदान गरेका थिए । 

घोडाघोडी सुनचाँदी व्यवसायी संघ अध्यक्ष गणेश सुनारको सभाध्यक्षमा भएको वार्षिक उत्सव तथा साधारण सभाको प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी महासङ्घका केन्द्रिय सदस्य तथा नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम अध्यक्ष सन्तोष लामिछाने रहेका थिए । 

Share