घोडाघोडीमा थप ४ दिन विद्यालय बिदा

कैलाली ।।घोडाघोडी नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय थप ४ दिन बिदा दिने निर्णय गरिएको छ । आज माघ ५ गते नगर प्रमुख खडक रावतको अध्यक्षतामा बसेको बैठकले थप ४ दिन बिदा दिने निर्णय गरेको घोडाघोडी नगरपालिकाले सूचना गरेकाे छ ।

अत्याधिक चिसोको मौसममा सुधार नभएका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएको हुँदा घोडाघोडी नगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरू माघ ७ गते आइतबार देखि १० गते बुधबार सम्म बिदा दिने निर्णय गरिएको जनाइएकाे छ ।

घोडाघोडी नगरपालिकाले यस अघि माघ ३ गते एक सुचना जारी गर्दै ४ र ५ गते बिदा दिने निर्णय गरेको थियो ।

 

Share